Breaking News

कर्मचारी समायाेजन अध्यादेश २०७५ स्वीकृत

काठमाडौं, १८ मंसिर । सरकारले कर्मचारी समायाेजन अध्यादेश २०७५ स्वीकृत गरेकाे छ ।

साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले कर्मचारीकाे समायाेजनका लागि ल्याउन लागिएकाे बहुप्रतिक्षित भनिएकाे अध्यादेश स्वीकृत गरेकाे हाे । सरकारले पुस मसान्तसम्ममा तीनवटै तहमा कर्मचारी समायाेजनकाे काम सक्ने गरी अध्यादेश ल्याएकाे जनाएकाे छ ।

मन्त्रिपरिषदले अध्यादेश स्वीकृत गर्दै प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने निर्णय पनि गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पाेल्याण्डबाट फर्किए लगत्तै अध्यादेश प्रमाणिकरण हुनेछ ।

अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा प्रकाशन भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउनेछ । सरकारले समायाेजन प्रकृयालाई सरल र सहज बनाउन अध्यादेशकाे बाटाे राेजिएकाे बताउँदै अाएकाे छ । तर सरकारले संसदलाई छलेर अध्यादेश ल्याउन लागेकाे भन्दै चाैतर्फी विराेध हुँदै अाएकाे छ ।

shares