Breaking News

कांग्रेस बैठक: आज पनि विधान संशोधन मस्यौदामा छलफल हुँदै

ललितपुर, १८ मंसिर । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा आज पाँचौ दिन पनि विधान संशोधन मस्यौदामा छलफल हुँदैछ ।

केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा नेताहरूले मस्यौदामाथि धारणा राख्नेछन् । साधारण र क्रियाशील सदस्यता, पदाधिकारी बढ्नुपर्ने, क्रियाशील सदस्यले नभई प्रतिनिधिले क्षेत्र र जिल्लामा नेतृत्व चयन गर्नुपर्ने, प्रदेश समिति र केन्द्रीय समितिका प्रतिनिधि एउटै हुनुपर्नेसहितका मुख्य विषयमा नेताहरूले धारणा राखिरहेका छन् ।

विधानको मस्यौदा प्रस्तुत हुँदासम्म पौडेल र सिटौला समूहका नेताहरू पदाधिकारी बढाउने पक्षमा थिए । तर, बैठकमा विधानमाथि छलफल हुँदै गर्दा सभापति शेरबहादुर देउवानिकट नेताहरू पनि पदाधिकारी बढाउनुपर्ने पक्षमा देखिएका छन् । सभापति देउवा तत्काल पदाधिकारी धेरै नबढाउने पक्षमा छन् । तर पनि देउवा निकट अधिकांश केन्द्रीय सदस्यहरूले नै पदाधिकारी बढाउन सुझाव दिएका छन् ।

shares