Breaking News

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश

काठमाडौं, १७ मंसिर । मिस नेपाल श्रृंखला खतिवडा चीनमा जारी मिस वर्ल्ड प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।

मल्टिमिडिया अवार्ड र ब्यूटी विद अ पर्पस अवार्ड जितेकी खतिवडा मिस वर्ल्डको मुख्य दाबेदारका रूपमा रहेकी छिन् । मल्टिमिडिया अवार्ड जितेर फाइनल पुगेकी खतिवडाले आफ्नो इन्स्टाग्राममार्फत् ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको बताएकी छिन् ।

आफूले दुई अर्वाड जितेकोमा खुशी साँट्दै श्रृंखलाले सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छिन् । उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु आफ्नो लागि मिस वर्ल्डको उपाधि जितेसरह भएको उल्लेख गरेकी छिन् । ब्यूटी विद् अ पर्पस पाएकी श्रृंखलाले मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने बताएकी छिन् ।

shares