Breaking News

पाल्पामा अागलागी हुँदा लाखौंको क्षति

सन्तोष बस्याल/पाल्पा, १७ मंसिर । पाल्पाको माथागढी गाउँपालिका वाड नम्बर-२, रूप्सेमा सोमबार आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

स्थानीय रामचन्द्र विकको गोठमा भएको अागलागीमा भैंसी १ वटा, बोका २ वटा, बाख्रा ४ वटा जलेर नष्ट भएको छ भने गोठसहित करिब ३ लाख बराबरको क्षति भएको स्थानीय तुलाराम भुषालले जानकारी दिए ।

बिहान कुँडो पकाउने क्रममा आगो फैलिएर आगलागी भएको हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ ।

shares