Breaking News

जलवायु परिवर्तनका कारण नेपालले नबिगारेको र नगरेको कसुरकाे सजाय भोगिरहेको छ: राष्ट्रपति भण्डारी

पोल्याण्ड, १७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण नेपालले नबिगारेको र नगरेको कसुरकाे सजाय भोगिरहेको बताएकी छन् ।

पोल्याण्डमा आजदेखि सुरु भएको कोप २४ सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले जलवायु परिवर्तनको नकारात्मक असर भोग्नु परेको बताइन् । जलवायु परिवर्तनलाई रोक्न नेपालले पहल गरिरहेको भए पनि प्राकृतिक प्रकोपबाट नेपाल धेरै प्रभावित हुने गरेको उनले जानकारी दिइन् ।

सर्वोच्च शिखर सगरमाथा र नेपालका पहाड र ज‌ंगलले विश्वको तापक्रम रोक्न मद्दत गरिरहेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले बढी कार्वन उत्पादन गर्ने विकसित देशहरूले हिमाली देशको वातावरण नबिग्रियोस् भनेर ध्यान दिनु पर्ने बताइन् ।

पेरिस सम्झौतालाई कार्यान्वयन गर्न पनि राष्ट्रपति भण्डारीले माग गरिन् । सम्मेलनमा नेपालकोतर्फबाट राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ ।

shares