Breaking News

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोको सहभागिता अन्यौलमा

काठमाडौं, १७ मंसिर । नेपालगञ्जमा माघमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोको सहभागिता हुने नहुने अन्यौल भएको छ ।

प्रतियोगितामा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुरु भइसकेको छ । तर राष्ट्रिय खेलकूद परिषद् राखेपले संघको विवादका कारण तेक्वान्दोको खेलाडी छनोटमा अप्ठ्यारो परेको भन्दै छनोट रोक्न जिल्ला खेलकूद विकास समितिलाई निर्देशन दिएपछि खेलाडी छनोट रोकिएको छ ।

यसले गर्दा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो समावेश हुने नहुने अन्यौल छ । तेक्वान्दोका दुई सङ्घ अस्तित्वमा रहँदा काम गर्न अप्ठेरो परेको निष्कर्षसहित राखेपले राष्ट्रिय खेलकूदको जिल्ला छनोटमा तेक्वान्दोलाई समावेश नगर्न परिपत्र जारी गरेको छ ।

shares