Breaking News

ए डिभिजन लिगको छैटौं चरणका खेलहरू भोलिदेखि

काठमाडौं, १७ मंसिर । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणका खेलहरू भोलिदेखि हुँदैछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भोलि हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र न्युरोड टिम एनआरटी तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्नेछन । पाँच खेलको समाप्तिसम्म शतप्रतिशत जित निकालेको मनाङ मर्स्याङ्दी क्लब १५ अंकका साथ शीर्षस्थानमा छ ।

उपाधि रक्षा गर्ने दाउमा रहेको मनाङलाई त्रिभुवन आर्मी र थ्रीस्टार क्लबले पछ्याइरहेका छन । ४ जित र १ बराबरी खेल्दै १३ अंक जोडेको आर्मी दोस्रो र मनाङसँग हार्दै ४ जितका साथ १२ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा छ ।

पाँचौ चरणमा फ्रेण्ड्स र जावलाखेलले पहिलो जित हात पार्दा हिमालयन शेर्पाले आर्मीको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । यता, मच्छिन्द्र र एनआटी भने अहिलेसम्म जितबिहीन छन् ।

सुरुवाती दुई खेलमा बराबरी गरेको मच्छिन्द्र त्यसपछि लगातार पराजय बेहोर्दै २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । पहिलो खेलमा आर्मीसँग २-२ गोलको बराबरी खेल्दै अंक खोसेको एनआरटीले लगातार चार खेल हारेर १ अंकका साथ पुछारमा छ ।

shares