Breaking News

श्रीलंका: महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीको हैसियतमा काम नगर्न अदालतको अादेश

कोलोम्बो, १७ मंसिर । श्रीलंकाको पुनरावेदन अदालतले महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीको हैसियतमा काम नगर्न र मन्त्री परिषद्को बैठक नडाक्न अन्तरिम आदेश जारी गरेको छ ।

१ सय २२ जना सांसदको रिटमाथि सुनुवाई गर्दै अदालतले काम नगर्न आदेश जारी गरेको हो । संसदमा दुई पटकसम्म विश्वासको मत लिन असफल भएका राजपाक्षविरुद्ध सांसदहरूले पुनरावेदन अदालतमा रिट हालेका थिए ।

अदालतले राजपाक्षलाई डिसेम्बर १२ मा अदालतमा उपस्थित हुन आदेश पनि दिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत महिना प्रधानमन्त्री रणिल बिक्रमसिंघेलाई अपदस्थ गरी राजपाक्षलाई प्रधानमन्त्री बनाएका थिए ।

shares