Breaking News

विनाशकारी भूकम्पपछि नेपालमा मनाेसामाजिक अपाङ्गताकाे समस्या बढ्दो

काठमाडौं, १७ मंसिर । विनाशकारी भूकम्पपछि मनाेसामाजिक अपाङ्गताकाे समस्या बढ्दै गएकाे पाइएकाे छ ।

मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको संस्था काेशिसले गरेकाे अध्ययनमा भूकम्पपछि ३४.२ प्रतिशतमा डिप्रेशन र ३३ दशमलव ८ प्रतिशत जनसंख्यामा चिन्ताजन्य समस्या पाइएकाे हाे ।

२७ अाै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा काेशिसले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । समाजले हेर्ने दृष्टिकाेणमा परिवर्तन अाउन नसक्दा उनीहरू समस्या लुकाउन बाध्य छन् ।

नेपालमा करिब २० लाख बालबालिका तथा किशाेर किशाेरी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेकाे काेशिसले जनाएकाे छ । मनाेसामाजिक अपाङ्गता भएका व्यक्तिलाई सरकारले प्राथमिकता नदिएकाे उनीहरूकाे गुनासाे छ ।

shares