Breaking News

रोजगारीको अवसर श्रृजना गर्ने कामलाई सरकारको उच्च प्राथमिकता: मन्त्री बिष्ट

काठमाडौं, १७ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले रोजगारीको अवसर श्रृजना गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

मन्त्री बिष्टले मुलुकलाई समृद्ध बनाउन काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमै भरपूर उपयोग गर्न सरकार प्रतिबद्ध भएर लागि परेको दाबी पनि गरे ।

सोमबार काठमाडौंमा ‘सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अवसर’ विषयक अन्तर्क्रियामा उनले बढ्दो व्यापार घाटा कम गर्न पनि नेपालले काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न ढिलाइ गर्न नहुने बताए ।

मन्त्री बिष्टले सूचना प्रविधिको क्षेत्रबाट पनि मुलुकमा प्रशस्त रोजगारीको अवसर सिर्जना गर्न सकिनेमा जोड दिए ।

shares