Breaking News

धर्म प्रचारमा लागे ओली, पैसामा बिक्यो नेकपा ! ओलीबाट पाउँदैन देशले निकास : डा. लोहनी (भिडियो)

काठमाडौं, १७ मंसिर । राप्रपा राष्ट्रवादीका अध्यक्ष तथा पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकार खुलेअाम धर्म प्रचारमा लागेको बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै डा लोहनीले अोली सरकार पैसाका लागि एसिया प्यासिफिक सम्मेलनमा अायोजक बनेको गम्भीर अारोप लगाएका छन् । धर्म प्रचारक संस्थाको कार्यक्रमलाई सरकारले यति ठूलो महत्व दिई अाफैं सहभागी हुनुले सरकारको नियत प्रष्ट भएको पूर्वमन्त्री लोहनीको तर्क छ ।

सरकारले एसिया प्यासिफिक सम्मेलनको अायोजना गरी करोडौं रुपैयाँ र राज्य संयन्त्रको दुरुपयोग गरेको डा. लोहनीको अारोप छ । उनले भने, “सरकारको यस्तो गतिविधि संवैधानिक दृष्टिकोणबाट गलत हुनुको साथै जनताको मतको अपमान पनि हो ।”

लोहनीले भने, “पिस फेडेरेसन क्रिश्चियन धर्म प्रचारक र कम्युनिष्ट विरोधी संस्था हो । यसले अमेरिकामा समेत कम्युनिष्ट विरोधी गतिविधिमा ठूलो रकम लगानी गरेको छ । नेपालमा पनि कम्युनिष्टलाई हतियार बनाएर नेपाललाई सिध्याउँदैछ ।”  विस्तृतमा हेरौं यो अन्तर्वार्ता:-

shares