Breaking News

नेकपाले लगायो सातै प्रदेश कमिटीमा रहने सदस्यहरूको नामको टुंगो

काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को सचिवालय बैठकले सातै प्रदेश कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाएको छ ।

मंसिर १२ गतेको सचिवालय बैठकले प्रदेश कमिटी टुंगो लगाएको भए पनि नेकपाले नामावली भने आज मात्र सार्वजनिक गरेको हो । बैठकले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै पदाधिकारीहरूलाई राखेर सातवटै प्रदेश कमिटीको एकीकरण टुंगो लगाएको हो ।

प्रदेश कमिटीमा नवप्रवेशीले समेत स्थान पाएका छन् । यसअघि, नेकपाले प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनहरूको एकीकरण तथा जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ ।

प्रदेश कमिटीमा रहनेहरूको नामावली:-

shares