Breaking News

‘बालन डी ओर २०१८’ को घोषणा आज हुँदै

काठमाडौं, १७ मंसिर । विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने ‘बालन डी ओर २०१८’ को आज घोषणा हुँदैछ ।

फ्रान्स फुटबल म्यागजिनले सन् १९ सय ५६ देखि गर्दै आएको कार्यक्रमको यस संस्करण नेपाली समय अनुसार आज राती पौने ३ बजे पेरिसमा हुनेछ ।

यसपटक पुरुषतर्फ सर्वोत्कृष्टको होडमा साविक विजेता क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीसँगै ३० खेलाडी मनोनयनमा छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेसी र युभेन्ट्सका पोचुर्गिच फरवार्ड रोनाल्डोले पछिल्लो १० वर्षदेखि यो पुरस्कारमा एकाधिकार जमाएका छन् ।

मेसी र रोनाल्डोले यो पुरस्कार समान ५/५ पटक जितिसकेका छन् । तर यसपटक, रियल मड्रिडका क्रोएसियन मिडफिल्डर लुका मोड्रिकले मेसी र रोनाल्डोको एकाधिकार तोड्न सक्ने अनुमान लगाइएको छ ।

मोड्रिकले रुस विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन र गत सिजन रियललाई च्याम्पियन्स लिगमा लगातार तेस्रो पटक उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए । उनले गत सेप्टेम्बरमा सम्पन्न फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी पुरस्कार पनि जितेका थिए ।

बालन डि ओरको यसै संस्करणदेखि पहिलो पटक महिला र युवातर्फ पनि सर्वोत्कृष्ट खेलाडी घोषणा गरिंदैछ ।

बालन डी ओर २०१८ को प्रबल दाबेदार क्रोएसियन मिडफिल्डर लुका मोड्रिक
shares