Breaking News

शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, १७ मंसिर । शेयर बजार परिसूचक नेप्से आज भने सामान्य बढेको छ ।

हिजो झण्डै १८ अंकले घटेको नेप्से आज शून्य दशमलव ९ अंकले बढेर ११ सय ३१ को बिन्दु नाघेको छ । साढे १२ बजेतिर नेप्से १० अंकले बढे पनि बिक्रीकर्ता बढेकाले सूचक पुन अोरालो लागेको थियो ।

नेप्सेसँगै कारोबार पनि आज बढेको छ । नेपाल बैंकको एफपिअो अण्डर राइट गरेका मर्चेन्ट बै‌कले बेचेको शेयर खातामा पठाइएका कारण कारोबार रकम २३ करोडले बढेर ६४ करोड नजिक पुगेको हो । नेपाल बै‌ंकमा आज मात्र ३२ करोडको कारोबार भएको छ ।

shares