Breaking News

वडा सचिव गाउँमा नबसेपछि सेवाग्राही मर्कामा

रामेछाप, १७ मंसिर । रामेछाप जिल्लामा वडा सचिव गाउँमा नबसेपछि सेवाग्राही मर्कामा परेका छन् ।

गाउँपालिका अन्तर्गतका वडा सचिवले जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय राखेर काम गर्दै आएका छन् । जसका कारण गाँउपालिकाबाट हुने सेवा प्रवाहमा समस्या परेकाे छ ।

अाफूले बारम्बार फाेन गरेर बाेलाउँदा पनि सचिवले अटेर गरेकाे प्रमुख प्रशासकीय अधिकृतको भनाइ छ । त्यस्तै, केन्द्र सरकारले वडा सचिव व्यवस्था नगर्दा झोलामा कार्यालय बोकेर हिँड्न बाध्य भएको वडा अध्यक्षको गुनासाे छ ।

shares