Breaking News

ओपेकबाट बाहिरिने कतारको घोषणा

काठमाडौं, १७ मंसिर । कतारले जनवरी १ देखि अर्थात एक महिनापछि पेट्रोल निर्यात गर्ने राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ ।

कतारका ऊर्जा मन्त्री साद शेरिदा अल काबीले ओपेकको सम्मेलनको तीन दिनअघि आज कतार ओपेकबाट बाहिरिने घोषणा गरेका छन् ।

दोहामा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री काबीले कतारले आगामी दिनमा प्राकृतिक ग्यासको उत्पादनलाई वार्षिक ७ करोड ७० लाखबाट बढाएर ११ करोड टन पुर्‍याउने लक्ष्य लिएको जानकारीसमेत दिएका छन् ।

१५ पेट्रोल उत्पादक राष्ट्रको संगठनबाट बाहिरिने निर्णय लिने कतार पहिलो खाडी राष्ट्र हो ।

सन् १९६१ देखि ओपेकमा आबद्ध कतारको यो निर्णयलाई साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले एक वर्षअघि कतारबिरुद्ध लगाएको नाकाबन्दीको प्रतिक्रियाका रूपमा हेरिएको छ ।

shares