Breaking News

पाल्पा–बुटवल सडक ६ घण्टा बन्द हुने

पाल्पा, १७ मंसिर । पाल्पा बुटवल सडक आजदेखि तीन दिनसम्मका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ ।

सोमबारदेखि बुधबारसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द हुने कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए । त्यस अवधिमा बिहान १० देखि साँझ ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकबाहेक अन्य सवारी साधनलाई पूर्णरूपमा रोक लगाइएको कार्यालयले जनाएको छ ।

दिउँसोको समयमा सडक बन्द हुँदा बुटवलदेखि पोखरा, स्याङ्जा, गुल्मी, पर्वत, पाल्पालगायतका जिल्लामा आवतजावत गर्ने यात्रुलाई समस्या पर्ने देखिन्छ ।

shares