Breaking News

भारतले गर्‍यो अहिलेसम्मको सबैभन्दा छिटो गुड्ने रेल ‘ट्रेन १८’ को सफल परीक्षण

काठमाडौं, १७ मंसिर । भारतले आज अहिलेसम्मको सबैभन्दा छिटो गुड्ने रेल ‘ट्रेन १८’ को सफल परीक्षण गरेको छ ।

राजस्थानको कोटादेखि सवाई माधोपुरसम्मको रेलमार्गलाई परीक्षण मार्गको रूपमा प्रयोग गरिएको थियो । रेल प्रति घण्टा १ सय ८० किलोमिटरको गतिमा गुडेको थियो ।

चेन्नईको इन्टिग्रल कोच फ्याक्ट्रीद्वारा सय करोड भारतीय रुपैयाँको लागतमा तयार पारिएको उक्त रेलले शताब्दी रेललाई विस्थापित गरिने बताइएको छ ।

यो रेलमा इन्जिन छुट्टै नभई कोचमै जडान गरिएको छ भने सुरक्षा सतर्कता अपनाउँदै दुर्घटनाको समयमा पनि जनधनको क्षति कम हुने गरी बनाइएको छ । कम्पनीले आगामी २ वर्षभित्रमा थप ५ वटा रेल बनाउने जानकारी दिइएको छ ।

shares