Breaking News

प्रधानमन्त्री ओलीले आत्मविश्वास गुमाउँदै गएको गगन थापाको टिप्पणी

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मविश्वास गुमाउँदै गएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै कांग्रेस नेता थापाले काम गर्न नसकेर प्रधानमन्त्री अनावश्यक बोल्दै हिंडेको बताए ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै नेता थापाले जनसमर्थन प्राप्त प्रधानमन्त्री ओली आफ्नै कारणले पतनको दिशामा गैरहेको टिप्पणी गरे ।

गुट र सचिवालयको घेराबन्दीमा परेर प्रधानमन्त्रीले जनता र विपक्षको कुरा नसुनेको कांग्रेस नेता थापाले बताए । अरुलाई होच्याएर बोलेर प्रधानमन्त्रीलाई फाईदा नहुनेतर्फ पनि नेता थापाले सचेत गराए ।

नेता थापाले प्रमुख विपक्षी आफ्नै दल नेपाली कांग्रेसको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

shares