Breaking News

नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु

काठमाडौं, १७ मंसिर । नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु भएको छ ।

बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य दल’को पहिलो बैठक काठमाडौंमा शुरु भएकाे हाे ।

बैठकमा अन्तरदेशीय प्रशारण लाईन, विद्युत व्यापारको मोडालिटी, जलविद्युतमा बंगलादेशको लगानी, माथिल्लो कर्णालीको विद्युत खरिद र नवीकरणीय ऊर्जामा सहकार्य ५ वटा मुख्य एजेन्डामा छलफल हुने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत सहसचिव सहसचिव शैख फैजुल अमिनले बैठकमा नेपालको जलविद्युत क्षेत्रमा गर्ने लगानीका विषयमा विस्तुत छलफल हुने बताए ।

आजको बैठकले एजेन्डा तय गरेपछि भोलि पुनः दुवै देशको ऊर्जा सचिवस्तरीय बैठक बसी त्यसलाई मूर्तरूप दिने योजना रहेको छ । गत भदौमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन बंगलादेश भ्रमणमा गएको बेला दुई देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने समझदारी गरिएको थियो ।

shares