Breaking News

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, १७ मंसिर । भिल्लारियललाई २-० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा भिल्लारियललाई २-० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलको ३६औं मिनेटमा जेरार्ड पिकेले गोल गरे ।

८७ औं मिनेटमा कार्लेस एलेनाले बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए । सेभिया डिपोर्टिभो एलभेससँग बराबरी खेलेसँगै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो । बार्सिलोनाको २८ अंक छ । बराबरीपछि सेभियाको २७ अंक भएको छ ।

सेभियाले गए रातिनै भएको खेलमा डिपोर्टिभोसँग बराबरी खेलेको थियो । यस्तै एट्लेटिको मड्रिड र गिरोनाबीचको खेल पनि एक एक गोलको बराबरीमा सकियो ।

पहिलो हाफको इन्ज्युरी समयमा क्रिष्टियन स्टुवानीले पेनाल्टीमा गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा रामाल्होले आत्मघाती गोल गरेपछि एट्लेटिको बराबरी गर्न सफल भएको हो ।

एट्लेटिकोको लिगमा २५ अंक छ भने गिरोनाको २१ अंक छ ।

shares