Breaking News

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र आर्सनल विजयी

काठमाडौं,  १७ मंसिर । इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र आर्सनल विजयी भएका छन् । दोस्रो स्थानको लिभरपुलले एभर्टनमाथि एक-शून्यको जित निकाल्यो ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा लिभरपुलका डिभोक ओरिगीले गोल गरे । अर्को खेलमा फुलह्यामलाई २-० ले पराजित गर्दै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएकाे छ ।

यस्तै लिगअन्तर्गत नै आर्सनलले टोटनह्यामलाई ४-२ गोलले पराजित गर्‍यो । जितपछि आर्सनल तालिकको चौथो स्थानमा उक्लिएको छ ।

shares