Breaking News

जलवायु परिवर्तनसम्बन्धी ‘कोप-२४’ सम्मेलन पोल्याण्डमा सुरु

काठमाडौं, १७ मंसिर । जलवायु परिवर्तनको २४ औँ सम्मेलन पोल्याण्डमा आज सुरु हुँदैछ ।

कोप-२४ नाम दिइएको सम्मेलनमा जलवायु परिवर्तनले विश्वलाई पारेको प्रभाव र न्युनिकरणका उपायका बारेमा छलफल हुनेछ । सम्मेलनमा नेपालकोतर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी हुनेछ ।

जलवायु परिवर्तनसम्बन्धी कोप २४ को सम्मेलनमा नेपालले हिमालय क्षेत्रमा देखिएका प्रभावको मुद्दालाई उठाउने छ । जलवायु परिवर्तनका कारण हिमशिखर र हिमतालहरू पग्लेर नकारात्मक असरहरू देखिन थालेकोबारे नेपालले सम्मेलनमा कुरा उठाउने छ ।

विकास निर्माणसम्बन्धी योजनाहरूमा कार्बन उत्सर्जन कम गर्ने प्रणालीहरूको स्पष्ट व्यवस्था गर्नुपर्ने माग विश्वका साना मुलुकहरुले गर्दै आएका छन् । सन् २०१८ लाई तापमान रेकर्डका हिसाबले चौथो उच्च तापमान वृद्धि भएको वर्षका रूपमा देखाइएको छ ।

shares