Breaking News

कांग्रेस केन्द्रीय समिति बैठक अाज पनि बस्दै

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अाज पनि बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा अाज पनि विधान संशाेधन मस्याैदामाथि नेताहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।

कांग्रेसकाे हिजाेकाे बैठकले सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम सुखद र सकारात्मक रहेको निष्कर्ष निकालेकाे थियाे ।

सामाजिक सुरक्षा कार्यक्रम ल्याएर ओली सरकारले नयाँ शुरु भएको घोषणा गरिरहँदा कांग्रेसले भने त्यसमा आफ्नो स्वामित्वको दाबी पेश गरेको छ ।

सामाजिक सुरक्षा कार्यक्रम आउनु सकारात्मक भए पनि प्रचार शैली अनावश्यक र भड्किलो भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसले खास धार्मिक आस्थामा आधारित संस्थाको कार्यक्रममा सरकारले राज्यको स्रोत तथा साधनको समेत दुरुपयोग गरेको गम्भीर आरोप छ ।

shares