Breaking News

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १७ मंसिर अाज डिसेम्वर ३ तारिख, अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

“अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्‍चितता” भन्ने मूल नारा तथा “मलाई गणना गर, समावेश गर” भन्‍ने राष्ट्रिय नाराका साथ दिवस मनाउन लागिएकाे हाे । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको कुल जनसंख्याको ८० प्रतिशत विकासोन्मुख देशहरूमा रहेको देखाएकाे छ ।

नेपाल सरकारले गत २०६८ मा गरेको जनगणनामा अपाङ्गता भएका व्यक्तिहरूको संख्या कुल जनसंख्याको झण्डै २ प्रतिशत देखिएको थियो । विश्व बैँक र विश्व स्वास्थ्य संगठनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको संख्या ३० लाख रहेकाे जनाएकाे छ ।

दिवसकाे अवसरमा शुभकामना सन्देश निकाली राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरूलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु पर्नेमा जाेड दिएकी छन् ।

shares