Breaking News

नेपाल ईन्जिनियर्स एसोसियसनको चुनाव पिनले जितिसकेको घोषणा

शनिबार थापाथलीस्थित थापाथली क्याम्पसमा अायोजित वृहद् ईन्जिनियर भेलामा प्रोग्रेसिभ ईन्जिनियर्स एसोसियसन(पिन)का अध्यक्ष शम्भु बहादुर श्रेष्ठले अासन्न नेपाल ईन्जिनियर्स एसोसियसन (एनईए)को चुनाव पिनले जितिसकेको घोषणा गरेका छन् ।

थापाथली क्याम्पसको सेमिनार हलमा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रजातान्त्रिक समूहले गर्दा एनईएको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको बताए ।

उनले सम्पूर्ण ईन्जिनियरको पेशागत सुरक्षा र अधिकारका निम्ति पिन निरन्तर रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै ३२अौं कार्यकारिणी निर्वाचनमा सम्पूर्ण ईन्जिनियरहरूलाई  पिनको उम्मेद्वारलाई मतदान गर्न पनि अाह्वान गरे ।

त्यस्तै, भेटघाट कार्यक्रममा प्रदेश नं ३ का पिनका अध्यक्षका उम्मेद्वार नन्दलाल बन्जाडेले करिब ४७ हजार ईन्जिनियर काउन्सिलमा दर्ता रहेको अवस्थामा १७ हजारले मात्र यसपटकको एनईए निर्वाचनका लागि नविकरण गर्नुले अाम ईन्जिनियरहरूको एनईएप्रति विकर्षण र वितृष्णा रहेको देखिएको बताए ।

उक्त विकर्षणलाई अाकर्षणमा परिवर्तन गर्नका लागि पिनले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने, फिल्डमा खटिएका ईन्जिनियरहरूलाई  प्रोत्साहन भत्ताको व्यवस्था गर्ने र सामूहिक बीमाको अवधारणालाई अगाडि ल्याउने बताए ।

नेपाल ईन्जिनियर्स एसोसियसनको अासन्न ३२अौं निर्वाचनका लागि प्रोग्रेसिभ ईन्जिनियर्स एसोसियस (पिन) अाफ्ना ३२ वटै मूल एजेन्डाहरूसहित निर्वाचनमा होमिएको छ ।

shares