Breaking News

‘एसिया प्यासिफिक समिट’मा सरकारको सहभागिताप्रति आपत्ति

काठमाडौं, १६ मंसिर । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले पनि ‘एसिया प्यासिफिक समिट’मा सरकार आफैं सहभागी भएकोमा आपत्ति जनाएको छ ।

पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यका साथ आयोजना गरेको भनिएको सो समिटमा नेपाल सरकार आफैं सहभागी भएकोमा आपत्ति जनाएका हुन् ।

अध्यक्ष लोहनीले धर्म र व्यापारिक धन्दामा लागि परेकाहरू संलग्न रहेको सो समिटमा सरकारले किन २ करोडभन्दा बढी खर्च गरेको भनी प्रश्नसमेत गरे । समिटमा सहभागी भएकाहरूलाई स्वागत गर्न उपप्रधानमन्त्री आफैं विमानस्थल पुग्नुलाई पनि उनले अस्वभाविक भएको टिप्पणी गरे ।

कोरियन धर्मगुरु हाक जा हान मुनले सो सम्मेलनको उद्घाटन सत्रमा ‘जिसस क्राइष्टकी एक्ली छोरी’ भनेर सम्बोधन गरेपछि सो कार्यक्रम विवादित बन्न पुगेको छ । सोही कार्यक्रममा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएकोमा अध्यक्ष लोहनीको आपत्ति छ ।

shares