Breaking News

आफ्ना कमजोरी ढाकछोप गर्न ओली सरकारले विपक्षीमाथि दोष थोपर्दैछ: सिटौला

काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना कमजोरी ढाकछोप गर्न ओली सरकारले विपक्षीमाथि दोष थोपरेको आरोप लगाएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस कु–प्रचारमा लागेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको कडा प्रतिवाद गरे ।

कांग्रेस संविधान कार्यान्वयनविरुद्ध लागेको भन्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोपको पनि सिटौलाले खण्डन गरे ।

प्रधानमन्त्री ओलीले शनिबार कांग्रेस सरकारविरुद्ध कु–प्रचारमा लागेको भन्दै जुध्न आए सिङ् भाँच्चिने चेतावनी दिएका थिए । प्रचण्डले पनि कांग्रेस संविधान कार्यान्वयनविरुद्ध लागेको आरोप लगाएका थिए ।

shares