Breaking News

सेवाबाट हटाइएका विष्ट र भट्टले दिए पुनर्बहालीको लागि निवेदन

काठमाण्डौ, १६ मंसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा लापरबाही गरेको अभियोगमा सेवाबाट हटाइएका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्बहालीको माग गर्दै निवदेन दिएका छन् ।

अन्याय गरिएको भन्दै दुवैजनाले मन्त्रिपरिषदमा निवेदन दिएका हुन् । हटाएको ३५ दिनभित्र पुनर्बहालीको लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने प्रावधान अनुसार दुवैजनाले निवेदन दिएका हुन् । निवेदनमा दुवैले आफूलाई निर्दोष दाबी गरेका छन् । आफूहरुले न्याय मागेको बिष्टको जिकिर छ ।

गृह मन्त्रालयले कात्तिक ८ गते कञ्चनपुरका तत्कालीन एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेको सिफारिशको आधारमा उनीहरूलाई सेवाबाट हटाइएको थियो ।

shares