Breaking News

कांग्रेस पार्टी कार्यालयमा अपांग संघको धर्ना

काठमाण्डौ, १६ मंसिर । नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघले पार्टीका सबै तहमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।

संघका नेता, कार्यकर्ताले पार्टीकाे विधान संशोधन मस्यौदाप्रति आपत्ति जनाउँदै पार्टीका सबै तहमा प्रतिनिधित्व सुुनिश्चित गर्न माग गर्दै धर्ना दिएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधित्व सुनिश्चित नगरे आमरण अनसन बस्न बाध्य हुने संघका अध्यक्ष भोजराज श्रेष्ठले चेतावनी दिए ।

यसैबीच, नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको सबै तहमा राष्ट्रिय लोकतान्त्रिक अपांग संघको माग अनुसार प्रतिनिधित्व सुनिश्चित गर्न सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।

संघले प्रस्तावित ८ वटै तहमा कम्तीमा पनि २ प्रतिशत प्रतिनिधित्व हुुनुपर्ने माग राखेर धर्नासहितको दबाब आन्दोलन सुरु गरेको हो ।

shares