Breaking News

निर्मलाका लागि न्याय माग्दै विप्लवको देशव्यापी प्रदर्शन

काठमाण्डौ, १६ मंसिर । निर्मला पन्तका लागि न्याय माग्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशभर प्रदर्शन गरेको छ ।

काठमाण्डौको रत्नपार्क शान्तिवाटिकासहित देशका विभिन्न ठाउँमा नेकपाले प्रदर्शन गरेको छ । सरकारले नगरे आफूले कारबाही गर्ने बताउँदै आएको नेकपाले दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

यसैबीच निर्मला पन्तको गृहजिल्ला कञ्चनपुरमा पनि नेकपाले प्रदर्शन गरेको छ । प्रदर्शनमा महिला अधिकारकर्मीको समेत सहभागिता थियो ।

त्यसैगरी बुटवल, हेटौंडालगायतका विभिन्न सहरहरूमा पनि प्रदर्शन भएका छन् भने प्रदर्शनमा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ ।

shares