Breaking News

नेप्से आज पनि घट्यो

काठमाण्डौ, १६ मंसिर । कारोबार भएकामध्ये सबैजसो कम्पनीको शेयरको भाउ घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि अाेरालाे लागेकाे छ ।

नेप्से आज १७ दशमलव ७३ अंकले घटेको छ र नेप्से परिसूचक ११ सय ३० को बिन्दुमा आइपुगेको छ । नेप्से घटे पनि आज कारोबार भने गत बिहीबारको तुलनामा बढेको छ ।

आज साढे ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जनाएको छ । शेयरको भाउ घटेको बेला सस्तोमा शेयर उठाउनेका कारण कारोबार बढेको हो ।

अनलाइन कारोबार प्रणाली सुरु भए पनि त्यसको सही कार्यान्वयन नभएको, बैंकको व्याजदर नघटेको लगायतका कारणले लगानीकर्ता सकारात्मक नहुँदा शेयर बजार घटिरहेको छ ।

shares