Breaking News

२ महिनाभित्र मेलम्चीको खानेपानी सुन्दरीजलमा झर्ने दाबी

काठमाडौं, १६ मंसिर । खानेपानी तथा सरसफाइ सचिव गजेन्द्र ठाकुरले २ महिनाभित्रमा मेलम्चीको खानेपानी सुन्दरीजलमा झर्ने दाबी गरेका छन् ।

संसदकाे विकास तथा प्रविधि समितिकाे अाज बसेकाे बैठकमा सचिव ठाकुरले अायाेजनाकाे काम ९४ प्रतिशत सकिसकेकाे भन्दै दुर्इ महिनाभित्र मेलम्चीकाे पानी सुन्दरीजल अाइपुग्ने र त्यसकाे एक हप्ताभित्रमा धाराधारामा पानी पुर्‍याउने दाबी गरे ।

ठाकुरले २६ किलाेमिटर टनेलमध्ये २४ किलाेमिटर निर्माण भइसकेकाे भन्दै एक महिनाभित्र टनेल निर्माणकाे काम सक्ने समेत दाबी गर्दै मेलम्ची, याङग्री र लार्केबाट काठमाडाै‌ं उपत्यकामा ५१ कराेड लिटर पानी वितरण गरिने बताए ।

खानेपानी तथा सरसफाई मन्त्रीले गत महिनामा नै काठमाडौंका बासिन्दालाई मेलम्चीको पानी खुवाउने घोषणा गरेकी थिइन् । तर आयोजनाको काम सोचे अनुसार अघि नबढेपछि पानी कहिले काठमाडौं आउँछ भन्ने अन्यौल छ ।

समितिकाे बैठकमा खानेपानी मन्त्री बिना मगर भने स्वास्थ्यकाे कारण देखाउँदै उपस्थित भइनन् ।

shares