Breaking News

एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष र महासचिव लैनचौरमा पक्राउ

काठमाण्डौ, १४ मंसिर । एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिक्रम ढुकुछु र महासचिव कर्ण कुँवर लगायतका मानवअधिकारवादी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान काठमाण्डौस्थित भारतीय राजदुतावास अगाडी प्रर्दशन गर्ने क्रममा एमनेष्टीका नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष ढुकुछु लगायतका नेताहरूलाई प्रहरीले महानगरीय प्रहरी बृत लैनचैरको हिरासतमा राखेको छ ।

एम्नेष्टी इन्टरनेशनल इन्डिया लगायतका मानवअधिकार तथा परोपकारी सामाजिक संस्थाहरूमाथि भारत सरकारका अधिकारीहरूले गरेको हस्तक्षेपको संसारभरका एम्नेष्टीकर्मीहरूले विरोध गरिरहेका छन् ।

भारतीय सरकारी अधिकारीहरू र प्रधानमन्त्री नरेन्द्र मादीले मानवअधिकार सम्बन्धित कामहरू दबाउन खोजेको एम्नेष्टीले आरोप लगाएको छ । गत कार्तिक ८ मा भारतीय सुरक्षा निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले एम्नेष्टी इन्डियाको बैंक खाता रोक्का गरेको थियो ।

बैंक खाता रोकिएपछि मानवअधिकार शिक्षा सम्बन्धी कामहरू प्रभावित भएका छन् । भारत सरकारले अन्य अधिकारवादी संस्थाका गतिविधिमाथि पनि प्रतिबन्ध लगाउँदै आएको छ ।

shares