Breaking News

नार्कलाई काम गर्ने शैली परिवर्तन गर्न मन्त्री खनालको आग्रह

बाँके, १६ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा गरेको अनुसन्धान किसान माझ नपुगेको भन्दै कृषि अनुसन्धान परिषद् नार्कप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री खनालले नार्कलाई काम गर्ने शैली परिवर्तन गर्न आग्रह गरे । नार्कको अनुसन्धान आवश्यकता अनुसार किसानसँग नजोडिएको र किसानको घरमा नपुग्दा राष्ट्रलाई पनि फाइदा नपुगेको मन्त्री खनालको भनाइ छ ।

आवश्यकता अनुसार कृषि अनुसन्धान फैलाउन नसक्नुको कारण पेश गर्न पनि कृषि मन्त्री खनालले निर्देशन दिए । जथाभावी बाली लगाएर अनुदान माग्ने मात्र परिपाटी रहेको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गरे ।

shares