Breaking News

सुकी स्वदेश फिर्ता

काठमाण्डौ, १६ मंसिर । एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्मारकी स्टेट काउन्सिलर आङसाङ सुकी आज स्वदेश फर्किएकी छन् ।

नेत्री सुकीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।

सम्मेलनमा भाग लिन नेपाल आएकी सुकीले नेपालमा रहँदा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।

shares