Breaking News

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

काठमाण्डौ, १६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको विधान मस्यौदामाथि छलफल जारी छ ।

आज केन्द्रीय सदस्य शिव हुमागाईं, फरमूल्लाह मन्सुर, अर्जुन जोशी लगायतका नेताले धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरूले पदाधिकारी संख्या, केन्द्रीय कार्यसमितिको संख्या, भातृ संगठनको विवाद समाधान कसरी गर्ने भन्ने लगायतका विषयमा बाेलेकाे प्रवक्ता शर्माले जानकारी दिए ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा पेश गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौती गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्ने लगायतका माग राखेका छन् ।

बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि छलफल गरी आगामी २८ गतेदेखि काठमाण्डौमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ ।

shares