Breaking News

सामानमा थप कर नलगाउन अमेरिका र चीन सहमत

काठमाण्डौ, १६ मंसिर । अमेरिका र चीन ब्यापारसम्बन्धी आपसी विवाद मिलाउन ९० दिनका लागि सामानमा थप कर नलगाउन सहमत भएको छ ।

अर्जेन्टिनामा जारी जी ट्वान्टीको सम्मेलनको क्रममा आयोजित रात्रीभोजमा भेटेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कर नलगाउने सहमति भएको हाे ।

ह्वाइट हाउसले दुई राष्ट्रपतिबीचकाे भेटमा ट्रम्प जनवरी १ देखि २ अर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमा २५ प्रतिशतसम्म कर लगाउने पूर्व घोषणालाई स्थगित गर्न सहमत भएकाे जनाएकाे छ ।

चिनियाँ राष्ट्रपति सीले अमेरिकाबाट ठूलो परिमाणमा कृषि, ऊर्जालगायत अन्य वस्तुहरू किन्न सहमत भएकाे बताए । गत जुनमा ट्रम्पले पहिलोपटक ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाएपछि चीन र अमेरिकाबीच ब्यापार युद्ध सुरु भएको थियाे ।

shares