Breaking News

लिगमा फ्रेण्ड्स क्लबले निकाल्यो पहिलो जित

काठमाण्डौ, १६ मंसिर । फ्रेण्ड्स क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा फ्रेण्ड्सले मच्छिन्द्र क्लबलाई ३-० गोलले हरायो । फ्रेण्ड्सको जितमा सन्जोग महर्जन, अनिल महर्जन र विदेशी खेलाडी फोफाना ब्रहिमनले गोल गरे ।

९० मिनेटको समयमा २ – ० ले पछि परेको मच्छिन्द्रले अन्तिमतिर गोल गर्ने २-३ वटा मौका पाए पनि सदुपयोग गर्न सकेन । तर, फ्रेण्ड्सका प्रजेन इन्जुरी समयमा प्रजेन तामाङको पासलाई अनिलले गोल गर्दै फ्रेण्ड्स क्लबलाई पहिलो जित दिलाए ।

यससँगै ५ खेलबाट १ जित, ३ हार र १ बराबरी खेल्दै फ्रेण्ड्स क्लब ४ अंकसहित तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

लिगअन्तर्गत आज हुने अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पा तथा ब्रिगेड ब्वाईज क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

shares