Breaking News

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा पेरिसमा प्रदर्शन

पेरिस, १६ मंसिर । पेट्रोल र डिजलमा गरिएको मूल्यवृद्धिको विरोधमा फ्रान्सकाे राजधानी पेरिसमा प्रदर्शन भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक सय भन्दा बढी घाइते भएका छन् । २५० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ । घाइते हुनेहरूमा १७ जना सुरक्षाकर्मीसमेत रहेको बताइएको छ ।

फ्रान्समा डिजलको मूल्यमा पछिल्लो एक वर्षमा २३ प्रतिशतसम्म वृद्धि भएको छ । विश्वमा पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुने भए पनि फ्रान्समा एक पटक मूल्य बढेपछि घट्ने गरेको छैन ।

यसअघि गत नोभेम्बरमा फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा देशव्यापी प्रदर्शन भएको थियो । जि ट्वान्टी सम्मेलनमा पुगेका फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोले प्रदर्शन अनुचित भएको दाेहाेर्‍याएका छन् ।

shares