Breaking News

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँ, १६ मंसिर । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा गएराति ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिलिङबाट घिरिङ बजारका लागि पराल बाेकेर छुटेकाे ना ६ त ६८६० नम्बरको ट्याक्टर दुर्घटनामा चालक भीमाद नगरपालिका–१ का २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ का ३६ वर्षीय शुकबहादुर विककाे मृत्यु भएकाे हाे । ट्याक्टर सडकबाट १०० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यसैबीच, चितुवाकाे अाक्रमणबाट तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङकाे मृत्यु भएकाे छ । चितुवाको आक्रमणबाट घाइते भएका गुरुङकाे डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो ।

shares