Breaking News

गर्मीबाट अाजित हुनुहुन्छ, यी चिजहरु खानुहोस्–

काठमाण्डौ, १८ जेठ । यतिबेला गर्मीले सबैलाई सताइराखेको छ । यस्तोमा पानी नै सबैभन्दा सर्वाेत्तम विकल्प हो ।

तर गर्मीयाममा शीतलताका लागि अरु थुप्रै चिजहरु पनि छन्, जुन हामी बताउन गइरहेका छौं–

१. खर्बुजा


गर्मी महिनामा खर्बुजालाई सबैले रुचाउने गरेका छन् । यसमा ९७ प्रतिशतभन्दा बढि पानीको मात्रा हुने गर्दछ । तसर्थ यसको प्रयोगले शरीरलाई शीतल राखिराख्न मद्दत गर्दछ ।

२. काँक्रो


अर्काे गर्मीयाममा महत्वपूर्ण भनेको काँक्रो पनि हो । यसमा विभिन्न पोषणका साथै शीतल प्रदान गर्ने तत्व पनि हुने गर्दछ । दैनिक रुपमा यसको प्रयोग गर्ने हो भने गर्मीयाममा छट्पटाउनु पर्दैन ।

३. कागती


कागतीलाई पनि गर्मीयाममा विशेष रुचाइन्छ । यद्दपि कागती हर मौसमका लागि उपयुक्त मानिन्छ । यसले शरीरलाई चाहिने अमिलोको मात्रालाई पनि पूर्ति गर्ने गर्दछ । यसले खानालाई पचाउन मद्दत गर्नुको साथै कब्जियत हुनबाट पनि जोगाउने गर्दछ ।

४. नरिवलको पानी


नरिवलको रस पनि गर्मीमा उपयुक्त विकल्प मानिन्छ । यसमा भएको पानी पौष्टिकपूर्ण त छँदैछ यसले शीतलता पनि मद्दत गर्दछ । साथै हाम्रो शरीरको तापक्रमलाई नियन्त्रणमा राख्न सहयोग गर्दछ ।

५. हरियो सागसब्जी


हरियो सागपात पनि गर्मीयामको उचित आहार हुनसक्छ । हरियो सागपात स्वास्थ्यवद्र्धकका साथै शीतलता र पौष्टिकताको प्रतिक पनि हो

shares