Breaking News

यातायात समितिका पदाधिकारीद्वारा संस्थाकाे रकम व्यक्तिगत प्रयाेजनमा खर्च गरेकाे स्वीकार

कपिलवस्तु, १३ मंसिर । सरकारले सिण्डिकेटमा कडाई गरेसँगै कपिलवस्तुमा यातायात समितिका पदाधिकारीले संस्थाकाे रकम व्यक्तिगत प्रयाेजनमा खर्च गरेकाे भेटिएकाे छ ।

कपिलवस्तु यातायातका नाममा बैङ्कमा रहेको रकम पदाधिकारीले झिकेर व्यक्तिगत प्रयोजनमा लगाएको स्वीकार गरेपछि विवादसमेत भएको छ ।

कपिलवस्तु यातायातको १७ औं साधारणसभामा कोषाध्यक्ष राधेश्याम बरईले सरकारले सिण्डिकेटका नाममा कडाई गरेकाले बैङ्कको रकम झिकी पेश्की देखाइएको जानकारी दिए ।

आर्थिक प्रतिवेदनमा बै‌ंक माैज्दात कम देखिएपछि सम्बद्ध व्यवसायीले अन्य रकमबारे प्रश्न उठाएका थिए । संस्थाकाे रकम पदाधिकारीले प्रयोग गरेको भेटिएपछि विराेध जनाएकाे साधारण सदस्यले बताएका छन् ।

साधारणसभाले मंसिर १५ गते समितिको अधिवेशन गर्ने तथा निर्वाचित कार्य समितिले सबै हिसाब किताब लिने निर्णय गरेकाे छ ।

shares