Breaking News

राप्रपा अध्यक्ष थापाद्वारा केन्द्रीय पदाधिकारीहरू मनोनित

काठमाण्डौ, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही केन्द्रीय पदाधिकारीहरू मनोनित गरेका छन् ।

अध्यक्ष थापाले पार्टीको सहायक महामन्त्रीमा केन्द्रीय सदस्यहरू भक्ति सिटौला, केदार कोइराला, राजाराम बर्तौला, बसन्त मानसिंह अधिकारी, ईन्द्र चित्रकार, प्रेम श्रेष्ठ, राजेश गिरी, तीर्थराज चटौत र रेनु साहलाई मनाेनित गरेका हुन् ।

थापाले सहायक कोषाध्यक्षमा बिशेश्वर सुवेदीलाई मनाेनित गरेकाे जानकारी पनि ट्वीटर मार्फत दिएका छन् । पार्टीकाे विधान बमाेजिम अध्यक्ष थापाले पदाधिकारी मनाेयन गर्नु भएकाे सहायक प्रवक्ता माेहन श्रेष्ठले बताए ।

shares