Breaking News

एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी अवार्ड पुस १३ गते प्रदान गरिने

काठमाण्डौ, १३ मंसिर । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पुस १३ गते एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी अवार्ड प्रदान गर्ने भएको छ ।

संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुरको पाटन दरबार स्क्वायरमा विषेश कार्यक्रम गरी वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने जानकारी दिएको हो ।

यसपटक पुरुष र महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिने छ । गतवर्ष गरेको प्रदर्शनका आधारमा २९ खेलका खेलाडीलाई सम्मान गरिने संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिनेछ । गत वर्षदेखि थालिएको पत्रकारिता पुरस्कारबाट यस वर्ष पनि एक जना खेलकुद पत्रकारलाई सम्मान गर्ने आयोजकले जनाएको छ ।

संघले सम्मानित हुने खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।

shares