Breaking News

भारतले गर्‍यो एकैपटक ३१ वटा भू-उपग्रह प्रक्षेपण

भारत, १३ मंसिर । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आज पोलार सेटलाइट लन्च भेहिकलबाट एकैपटक ३१ वटा भू-उपग्रह प्रक्षेपण गरेको छ ।

आन्ध्र प्रदेशको श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट बिहान प्रक्षेपण गरिएका यी भू-उपग्रहहरू पृथ्वीबाट ५ सय ४ किलोमिटर माथि अन्तरिक्षमा रहेको केन्द्रमा स्थापित गरिने बताइएको छ ।

पोलार सेटलाइट लन्च भेहिकलबाट यसै वर्षभित्र भू-उपग्रह प्रक्षेपण गरेको यो छैठौं पटक हो । इसरोका अनुसार यो भूउपग्रहको प्रक्षेपणले हाइपर स्पेक्ट्रल इमेजिङ सेटलाइटको माध्यमबाट पृथ्वीको कुनाकुनासम्म निगरानी राख्न सजिलो हुनेछ ।

यसमा जडान गरिएको विशेष चिपले पृथ्वीमा रहेका ५५ विभिन्न रंगहरू सजिलै पहिचान गर्न सक्ने भएकोले पर्यावरण सर्वेक्षण, बाली प्रणालीका लागि जमिनको पहिचान र तेल तथा खनिज पदार्थको खानीको अन्वेषण गर्न पनि यो भू-उपग्रह उपयोगी हुने इसरोले जनाएको छ ।

shares