Breaking News

पहिलो ४ महिनामा नेपालको व्यापार घाटा थप चुलियो

काठमाण्डौ, १३ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा थप चुलिएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको कात्तिकसम्म ३ खर्ब ५० अर्ब ४० करोडको वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको कार्तिकसम्म १ खर्ब ३३ अर्ब ३५ करोडले बढेर ४ खर्ब ८३ अर्ब ७५ करोड पुगेको छ ।

यो अविधमा ६९ अर्ब ७ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ भने ५८ अर्बको फलामजन्य पदार्थ, ३७ अर्बको मेशिनरी पार्ट्स, ३७ अर्बको यातायातका साधन तथा १८ अर्बको इलेक्ट्रोनिक्स सामान आयात भएको छ ।

आयात बढेपनि निर्यात भने सन्तोषजनक छैन । अघिल्लो आर्थिक वर्षको यही अवधिमा २६ अर्बको वस्तु निर्यात भएकोमा यो वर्ष ३ अर्बले बढेर २९ अर्ब भएको छ ।

नेपालबाट निर्यात हुने प्रमूख बस्तुमा धागो, गलै‌ंचा, तयारी पोशाक, चिया, टेकस्टाइल छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र नेपालले कुल सय रुपै‌ंयाको व्यापार गर्दा ९४‍.३ रुपैंयाको आयात तथा ५.७ रुपै‌ंयाको निर्यात गरेको छ ।

shares