Breaking News

संशोधित विधानको मस्यौदामाथि कांग्रेसको छलफल, बैठक भोलि पनि बस्ने

काठमाण्डौ, १३ मंसिर । नेपाली कांग्रेसको संशोधित विधानको मस्यौदामाथि नेताहरूले आफ्नो धारणा राख्ने काम आजदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

आजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने काम सुरु भएको हो । कांग्रेसको संशोधित विधानको ७० धारामध्ये ७ वटा धारामा फरक मत छ । आज फरक मतमाथि प्रदीप पौडेल, नविन्द्रराज जोशीले आफ्नो मत राखेका थिए ।

बैठकमा बहुमत नेताहरूले क्रियाशील पार्टी सदस्यतालाई कायम राख्नुपर्ने र साधारण सदस्यलाई पार्टीको सदस्य राख्नुपर्ने माग पनि गरेका थिए । केही नेताहरूले भने क्रियाशील सदस्यलाई हटाउनुपर्ने बताएका थिए ।

कांग्रेसको संशोधित विधानमा पार्टी सदस्यता कस्तो बनाउने, पदाधिकारीको निर्वाचन हुने कि नहुने, पदाधिकारीको संख्या कति बनाउने, कार्यसमितिको संख्या कति बनाउने, सभापतिले कति जना मनोनित गर्ने ? भन्ने विषयमा फरक मत छ ।

कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पनि बस्दैछ ।

shares