Breaking News

काठमाण्डौको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या

काठमाण्डौ, १३ मंसिर । काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।

दुई दिनदेखि बेपत्ता भएका बालक प्रयास कुँवरको आज शव भेटिएको हो । बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार बालकको शव झोलामा पोको पारेको अवस्थामा भेटिएको हो । प्रयास गोंगबुमा बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता भएका थिए ।

प्रहरीले अपहरण र हत्यामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र सार्कीलाई पक्रेको छ ।

shares