Breaking News

सुकीबाट नेपाल र म्यान्मारबीच व्यापारमा जोड

काठमाण्डौ, १३ मंसिर । म्यान्मारकी स्टेट काउन्सिलर आङसाङ  सुकीले नेपाल र म्यान्मारबीच व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नुपर्ने बताएकी छन् ।

नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संशाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताइन् ।

नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गरिन् ।

अर्काे प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताइन् ।

shares